काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा निजी क्षेत्रको समेत उल्लेख्य सहभागिता रहने भएको छ। भ्रमणका क्रममा ५२ जना उद्योगी व्यवसायी सम्मिलित टोली भारतको नयाँ दिल्ली जाने भएको हो।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाहको राजकीय भ्रमणमा निजी क्षेत्रका ५२ जना प्रतिनिधि सहभागी हुने जानकारी दिएका हुन्।
भ्रमण टोलीमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा तथा महानिर्देशक डा। गोपालप्रसाद तिवारीसहित महासङ्घका विभिन्न पदाधिकारी र कार्यसमिति सदस्यहरू रहेका छन्।
त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाणकुमार चौधरी र राजबहादुर शाह पनि टोलीमा सहभागी हुनेछन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा पनि भारत जाने सूचीमा छन्।
ऊर्जा, निर्माण, निर्यात, हस्तकला, गलैँचा तथा कफी उद्योगका प्रतिनिधिहरू पनि भ्रमण टोलीमा समेटिएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० का अध्यक्ष मोहनकुमार डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेलगायत व्यवसायी भारत जानेछन्।
त्यसैगरी, विभिन्न कर्पोरेट घराना र उद्योग क्षेत्रबाट विष्णुकुमार अग्रवाल, दिलीप अग्रवाल, साइमेक्स इंककी यमुना श्रेष्ठ, आईएमई ग्रुपका सचिन ढकाल तथा भाटभटेनी ग्रुपका कल्याण गुरुङ पनि भ्रमण टोलीमा रहनेछन्।
पर्यटन तथा अटोमोबाइल क्षेत्रबाट होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपालका अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डे र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती सहभागी हुनेछन्।
यस्तै, सूचना प्रविधि, औषधि उत्पादन, गार्मेन्ट, घरेलु तथा साना उद्योग र महिला उद्यमशीलता क्षेत्रका प्रतिनिधिहरू पनि टोलीमा समावेश छन्। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनीज ९नास–आइटी० का उपाध्यक्ष विभूषण विष्ट, नेपाल औषधि उत्पादक सङ्घका अर्जुनकुमार श्रेष्ठ, गार्मेन्ट एसोसिएसन नेपालका अध्यक्ष पशुपति देव पाण्डे तथा महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठ पनि भारत जानेछन्।
नेपाल–भारत उद्योग वाणिज्य संघ ९निक्की० का अध्यक्ष कुनाल कयाल, निवर्तमान अध्यक्ष सुनिल केसी, उपाध्यक्ष करण चौधरी तथा नेपाल उद्योग व्यापार महासङ्घका अध्यक्ष खिमनारायण पराजुलीलगायत पनि भ्रमण टोलीमा रहनेछन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणमा निजी क्षेत्रको सहभागितालाई दुई देशबीच व्यापार, लगानी, उद्योग तथा आर्थिक सहकार्य विस्तारका अवसरका रूपमा हेरिएको छ।
प्रतिक्रिया