विद्युत प्राधिकरण अन्तर्गतका कार्यालय प्रमुखहरुको सरुवा, को कहाँ पुगे ? (सूचिसहित)

बुधबार, ११ भदौ २०७६, १८ : ४२

नेपाल विद्युत् प्राधिकरणले मातहतका कार्यालयका कार्यालय प्रमुख सहित ८५ जना  कर्मचारीको सरुवा गरेको छ ।

विभिन्न वितरण केन्द्रका प्रमुख तथा इन्ज्निियरको सरुवा गरिएको प्राधिकरणले जनाएकाे छ । 

विगतमा कर्मचारी यूनियन र विभिन्न शक्ति केन्द्रको आडमा सरुवा हुने गरेको भएपनि यस पटक कार्यक्षमताका आधारमा सरुवा गरिएको प्राधिकरणकाे दावी छ । 

प्राधिकरणका निमित्त उपकार्यकारी निर्देशक बेलप्रसाद शर्माका अनुसार तह ९, तह ८ र ७ का गरी कूल ८५ जना कर्मचारीको सरुवा गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यक्षमता र योग्यताका आधारमा कर्मचारीको सरुवा गरिएको बताउँदै आएका छन् ।

बुधबार, ११ भदौ २०७६, १८ : ४२

प्रतिक्रिया