ताजा समाचार

काठमाडौँमा सुरु भयो यामाहा दसैं–तिहार योजना

शुक्रबार, १० असोज २०७६, ११ : ४०


काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दसैं–तिहार लक्षित उपहार योजना सुरु गरेको छ । ‘यामाहा दसैं–तिहार, हरेक दिन उपहार’ योजनाबाट सेवाग्राहीले हरेक दिन कुनै न कुनै उपहार पाउने मलले जनाएको छ ।

चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए ।

सप एन्ड वीन उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैयाँको सामान खरिद गर्नुपर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने गिरीले जानकारी दिए ।

शुक्रबार, १० असोज २०७६, ११ : ४०

प्रतिक्रिया