इलाममा ‘घरजम’ प्रदर्शन हुँदैं

सोमबार, १८ कार्तिक २०७६, १४ : ३५

सामाजिक कथामा आधारित चलचित्र ‘घरजम’ इलाममा पनि प्रदर्शन गरिने भएको छ । लिम्बू जातिमा आधारित विहेबारी र संस्कृतिसँग जोडिएको उक्त चलचित्र यही कात्तिक ३० गते प्रदर्शन गरिने निर्देशक मौसन इम्बुङले जानकारी दिए ।     
     
जातीय र मौलिक संस्कृतिसँग जोजिएको सो चलचित्र यसअघि पूर्वाञ्चालका विभिन्न जिल्ला प्रदर्शन गरिएकामा ४० हजारले अवलोकन गरिसकेको उनले बताए ।

हाल हङकङमा बस्ने प्रवासी नेपालीहरुको लगानी रहेको उक्त चलचित्र नेपालबाहिर पनि देखाइने बताइएको छ । रू ८० लाखभन्दा बढी खर्च भएको चलचित्र अब चलचित्र घरमा समेत प्रदर्शन गरिने जनाइएको छ । लिम्बू विद्यार्थी मञ्चको संयोजनमा इलाममा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।     
  
 

सोमबार, १८ कार्तिक २०७६, १४ : ३५

प्रतिक्रिया