सरकारले ग्रामिण क्षेत्रमा बैकल्पिक उर्जाको माध्यमबाट ३ हजार ८ सय किलोवाट विद्युत आपूर्ति गर्न प्रस्ताव आह्वान गरेको छ ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले नेपाल विद्युत प्राधिकरणको विद्युत नपुगेका स्थानमा विद्युत तथा सौर्य एवं वायूउर्जाबाट विद्युत आपूर्ति गर्नका लागि प्रस्ताव आह्वान गरेको हो ।
सौर्य तथा वायू वा सौर्य÷वायू मिनी ग्रिड स्थापना र लघु तथा साना जलविद्युत मिनि ग्रीड परियोजना निर्माणबाट ३.८० मेगावाट विद्युत उत्पादन गरी विद्युत प्राधिकरणको पहुँच नपुगेका स्थानमा उज्यालो पार्ने लक्ष्य राखेको छ ।
त्यसरी आपूर्ति गरीएको उर्जाको माध्यमबाट ग्रामिण उद्यमशिलताको विका गर्ने मूख्य लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
त्यसका लागि विश्व बैंक र नेपाल सरकारको सहयोगमा रु १ अर्ब ७२ करोड १० लाख बराबरको आयोजना शुरु भएको छ ।
आयोजना अन्तर्गत तीनवटा फरक फरक परियोजनाका लागि प्रस्ताव माग गरिएको केन्द्रल जनाएको छ।
प्राधिकरणको विद्युत नपुगेका स्थानमा परियोजना निर्माण तथा जडानबाट २.८० मेगावाट, स्तरवृद्धिबाट ०.५० मेगावाट र सौर्य तथा मिश्रित र लघु तथा साना जलविद्युत परियोजनाबाट ०.५० मेगावाट गरी ३.८० मेगावाट उत्पादन गर्ने केन्द्रको भनाइ छ ।
परियोजना जडान/निर्माण/सञ्चालन गर्नका लागि व्यक्ति तथा निजि एर्व सार्वजनिक निकायहरुले प्रस्ताव पेश गर्न सक्नेछन् ।
प्रस्ताव पेश गर्ने समय पुस ११ गतेसम्म रहेको छ ।
प्रतिक्रिया