साउदीमा पाँच मानव अधिकारकर्मीहरुलाई मृत्युदण्डको माग

५ बर्ष अगाडि

साउदी अरबको सरकारी अभियोक्ताले पाँच मानव अधिकारकर्मीहरुलाई मृत्युदण्डको माग गरेका छन् । उनीहरुविरुद्ध हाल एक गोप्य आतंकवादी अदालतमा सुनावाई चलिरहेको छ । यो कुरा ह्युम्यान राईट वाचले बाहिर ल्याएको हो ।
पक्राउ परेका मध्य एक इस्रा अल–घोम्घम पनि छिन् । साउदी अरबका अभियानकर्मीहरुका अनुसार उनी सम्भवत मानव अधिकारसम्बद्ध भएकामध्य मृत्युदण्ड सामना गर्ने पहिलो महिला हुन् । 
उनीमाथि विरोध भड्काएको र आन्दोलनकारीहरुलाई नैतिक समर्थन दिएको जस्ता आरोप लागेको छ ।
“कुनै पनि प्रकारको मृत्युदण्ड आलोचनायोग्य हुन्छ तर इस्रा अल–घोमघमजस्ता हिंस्रक क्रिया गरेको आरोप समेत नलागेका अभियानकर्मीहरुलाई मृत्युदण्ड दिन खोज्नु दानवीयता हो, ” ह्युमन राइट्स वाचका मध्य पूर्व निर्देशक साराहा लेह ह्वाइटसनले बुधबार जारी गरेको एक वक्तव्यमा उल्लेख छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया