महसुल नतिर्ने उद्योगको लाईन काट्न शुरु, १५ करोड नतिर्ने रघुपतिको लाइन काटियो

४ बर्ष अगाडि

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड लाईन लिएर पनि महसुल तिर्न आलटाल गर्ने उद्योगको लाईन काट्न शुरु गरेको छ । 

प्राधिकरणको विराटनगर वितरण केन्द्रले रघुपति जुटमिलको लाईन काटेर अटेरी उद्योगहरुको लाईन काट्ने काम शुरु गरेको थियो । 

मिलले औद्योगिक ग्राहक अन्तर्गतको १५ करोड ५५ लाख ६८ हजार २ सय रुपैयाँ ८७ पैसा छुट महससुल तीनवर्षदेखि नतिरेको काराण आज लाईन काटिएको केन्द्रका सूचना अधिकारी भरत केसीले बताए । 

डेडिकेटेड र ट्रङ्क लाईन जोडेर पनि महशुल नतिर्ने ३० भन्दा धेरै उद्योगहरुसँग प्राधिरकणकाको झण्डै एकवर्षदेखि विवाद रहँदै आएको थियो ।

नेपालमा दैनिक १८ घण्टाभन्दा लामो समयसम्म लोडसेडिङ्ग हुँदा पनि विद्युत आपूर्ति बन्द नहुने गरी केही उद्योगले डेडिकेटेड र ट्रङ्क लाईन जोडेका थिए । 

प्राधिकरणले २०७५ सालमा निर्णय गरेर ति लाईन जोड्ने उद्योगबाट २०७३ सालदेखि छुट्टै महसुल लिने निर्णय गरेको थियो । 

तर सो महसुल नतिर्ने भन्दै २५ उद्योग अदालत गएका थिए । पाटन उच्च अदालतले २०७६ असोजमा प्राधिरणको पक्षमा फैसला गरेपनि महसुल उठाउन भने सकेको थिएन । 

उद्योगीहरुले राज्यको माथिल्लो तहसम्म पहुँच पु¥याएर महसुल तिर्न आलटाल गरेकोले प्राधिकरणका वितरण केन्द्रहरु आजसम्म लाईनकाट्न सकेका थिएनन् । तर विराटनगर वितरण केन्द्रले सरकारी राजस्व नतिर्ने उद्योगी विरुद्ध देशभरीमै पहिलोपटक एक्सन लिएको हो ।   

‘पाटनबाट मुद्धा हारेपछि रघुपति मजदुरको तर्फबाट फेरी विराटनगर उच्च अदालतमा गएको थियो । सो मुद्धापनि फागुन ५ गते खारेज गरीदिएपछि हामीले राज्यको महसुल उठाउन एक्सन लियौँ’, सूचना अधिकारी केसीले बताए ।    
 

४ बर्ष अगाडि

प्रतिक्रिया