स्वास्थ्य सामग्री हस्तान्तरण

शुक्रबार, २६ बैशाख २०७७, १५ : ०८

विश्व रेडक्रस दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीले प्युठानका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।  प्युठान अस्पताललाई २० थान कम्बल, १० थान बाल्टिन, २० थान स्यानिटाइजर, पाँच सय थान मास्क र २०  साबुन हस्तान्तरण गरिएको रेडक्रस सोसाइटीका सभापति गुमानराज पुलामीले बताए । 

जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले अस्पतालका निमित्त प्रमुख डा अमृत पन्थीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्  ।  यस्तै प्राथमिक स्वास्थ्य केन्द्र खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीलाई पनि पाँचपाँच थान कम्बल, १०÷१० थान स्यानिटाइजर र १०÷१० साबुन हस्तान्तरण गरिएको शाखा सभापति पुलामीले बताए । रेडक्रसका पिता हेनरी ड्युनाको १९२ औँ जन्मजयन्तीका अवसरमा प्रत्येक वर्ष रेडक्रस दिवस मनाउने गरिएको छ ।  
 

शुक्रबार, २६ बैशाख २०७७, १५ : ०८

प्रतिक्रिया