माओवादीको मध्यपहाडी लोकमार्ग अभियान आजदेखि सुरु

शुक्रबार, ०२ जेठ २०८२, ०७ : २४

काठमाडौं- नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गको अभियान आजबाट सुरू हुँदैछ।

बैतडीको पाटनबाट सुरू गरिने अभियानमा भाग लिनका लागि हिजो नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुदुरपश्चिम पुगेका छन्।

अध्यक्ष प्रचण्डसहितका नेताहरू धनगढी, डडेलधुरा हुँदै बैतडी पुगेका हुन्।

यसअघि तराई-मधेस जागरण अभियान सकेको माओवादी केन्द्रले जेठ २ वाट मध्यपहाडी लोकमार्गको अभियान सुरू गर्न लागेको हो।

शुक्रबार, ०२ जेठ २०८२, ०७ : २४

प्रतिक्रिया