सन्दर्भ : बडादशैं

गृहकार्य बालबालिकाले अभिभावकलाई सताउनबाट रोक्ने औषधि हैन

मंगलबार, ०३ कार्तिक २०८३, ०६ : २९

नेपालमा मनाईने विभिन्न चाडपर्वहरु मध्ये लामो छुट्टि सहित मनाईने चाडहरु दशैं र तिहार नै हुन । दशैं नेपालीहरूको सबैभन्दा ठूलो र खुसीयालीको चाड हो। यो परिवारका सदस्यहरू एकै ठाउँमा जम्मा हुने, संस्कृति सिक्ने र वर्षभरिको थकाइ मेटाउने अवसर सहितको तुलनात्मक रुपमा लामो चाड हो। अन्य चाडहरु खास गरी एक दिबसियनै देखिन्छन । जब जब अलि लामो बिदाको यस्ता समय आउँछन गृहकार्यको मात्रा र किसिमको विषय पनि चर्चामा आउन थाल्छ ।

विद्यालय शिक्षा र त्यसमा पनि खासगरी साना कक्षाहरुमा अध्ययनरत बालबालिकाहरुलाई घरमा व्यस्तरहनु पर्ने गरी गृहकार्य दिनु पर्छ भन्ने अभिभावकिय इच्छा र बालमनोबिज्ञानका ज्ञाताहरुको गृहकार्यलाई मानसिकबोझ बनाईनु हुन्न भन्ने भिन्न बिचरहरु बिचको द्वन्दलाई दशैंको बिदाको अहिलेको प्रसंगमा पनि आ-आफ्नै ढंङ्गले अलि बढिनै चर्चाको विषय बनाईएको छ ।

नेपालको परम्परागत सामाजिक सोच यसको पक्षमा र नव प्रवर्तनवादी पश्चिमा आयातित सोच यसको विपक्षमा देखिन्छ । सहि चाहिँ के हो त ?  वा हामीले गर्नु पर्ने के हो ? द्विविधामा छ शिक्षा प्रदायक विद्यालय क्षेत्र र यसमा संलग्न हामी पनि ।

यस पटकवाट बिदाको लामो अबधि आइतवारको बिदाका कारण कटौती भएको छ ।

अधिकांश विद्यालयहरु दशै तिहारका बिचमा खुल्ने दिखिएको छ । तै पनि गृहकार्यको बिबाद घटेको छैन । बिगतका चार पाँच दशक देखि चल्दै आएको यस सम्बन्धि सोचमा औसत मात्रामा खासै फरक आएको छैन । दशैंको बिदा र गृहकार्य सिकाइ कि मानसिक बोझ? धेरैजसो विद्यालयहरूले दशैंको लामो बिदामा विद्यार्थीहरूलाई ठूलो मात्रामा गृहकार्य (Homework) दिने गरेका छन्। यसले चाडपर्वको रमाइलोलाई तनावमा बदलिदिने गरेको छ। बिदामा गृहकार्य दिनु कत्तिको जायज छ र यसले विद्यार्थीमा कस्तो असर पार्छ भन्नेबारे यहाँ सामान्य विश्लेषणको प्रयास गरिएको छ।

वैज्ञानिक प्रमाण र अनुसन्धानले के भन्छ भन्ने एउटा पाटो छ ।

अत्यधिक गृहकार्यले विद्यार्थीको सिकाई र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ भन्ने कुरा विभिन्न अनुसन्धानहरूले पुष्टि गरेका छन् । वैज्ञानिक अनुसन्धानहरूका अनुसार, लगातार लामो समयसम्म पढाइ र गृहकार्यको दबाबमा रहँदा बालबालिकाहरू मानसिक रूपमा थाक्छन्। बिदाको समयमा पनि आराम र मनोरञ्जन पाउनुको सट्टा गृहकार्यको तनाव हुँदा बिदापछि विद्यालय खुल्दा उनीहरूमा सिक्ने उत्साह घट्छ। मनोवैज्ञानिकहरूका अनुसार चाडपर्व आफैंमा एउटा ठूलो पाठशाला हो। दशैंमा मान्यजनबाट टीका थाप्ने, आशिर्वाद लिने, नातागोतासँग कुराकानी गर्ने र सामाजिक सम्बन्ध बलियो बनाउने जस्ता जीवनोपयोगी सीपहरु (Life Skills) कापिका पाना भरेर सिकिँदैन।

 उदाहरण र वास्तविकता का रुपमा हाम्रो समाज र विद्यालयहरूमा यसका दुईवटा स्पष्ट चित्रहरू देख्न सकिन्छ । प्रकाशित केही अनुसन्धानका निष्कर्षले के दखाएको भेटियो भने पुरातन शैलीमा भारी पुस्तकका अभ्यासमा आधारीत गृहकार्यको बोझ बोकाइएको विद्यार्थीले दशैंको कृयाकलाप र रमाइलोमा ध्यान दिनुको सट्टा 'गृहकार्य कसरी भ्याउने' भन्ने चिन्तामै बिदा बिताएको तथा जतिखेर पनि अभिभावकको दवाब र विद्यालय खुल्ने दिनमा हुनु पर्ने आफ्नो तयारीको अबस्था  आँकलन गर्दैमा  चाडको समय सकिएको देखियो  । नतिजास्वरूप, उनीहरुले न त चाडपर्वको आनन्द लिन पाए, न त दबाबमा गरेको गृहकार्यबाट केही नयाँ कुरा नै सिके।  

यसको विपरित विद्यार्थीलाई परम्परागत गृहकार्यको साटो सकृयता पूर्वक चाड मनाएपछिमात्र समाधान गर्न सकिने वा लेख्न अभिब्यक्त गर्न सकिने अनुभवमा आधारीत  "दशैं डायरी" लेख्ने र "आफ्नो गाउँघरको संस्कृति बुझ्ने" "किनमेलमा जाने बजार भाउ बुझ्ने हर हिसाबमा जानकारी लिने" जस्ता रचनात्मक खालका गृहकार्य दिइएको विद्यार्थीहरूले आफ्नो बिदामा हजुरबुबा-हजुरआमासँग कुरा गरेर पुराना कथाहरू डायरीमा लेखे यसले उनीहरूको लेखन कला पनि सुधारियो र परिवारसँगको सम्बन्ध पनि बलियो भएको  चाडबाडको आनन्त पनि लिएको  र बोझ अनुभुत नगरी आफ्नो अध्ययनलाई निरन्तरता पनि दिएको देखियो । यसरी हेर्दा  

बिदाको अर्थ विद्यार्थीलाई पढाइबाट पूर्ण रूपमा टाढा राख्नु होइन, तर पाना भर्ने परम्परागत गृहकार्यले उनीहरूको सिर्जनात्मकतालाई मार्छ। विद्यालय र शिक्षकहरूले दशैंको बिदामा घोक्ने र लेख्ने गृहकार्यको सट्टा सिर्जनात्मक र व्यावहारिक परियोजनाहरू (Project Work) दिनु आवश्यक छ। बालबालिकालाई चाडपर्व राम्ररी मनाउन, खेल्न र परिवारसँग समय बिताउन दिनु नै उनीहरूको समग्र विकासको लागि उत्तम हुन्छ । 

बोझिलो गृहकार्य (Homework) ले बालमनोविज्ञानमा गम्भीर र नकारात्मक प्रभाव पार्छ। अत्यधिक गृहकार्यले बालबालिकाको मानसिक, भावनात्मक र शारीरिक विकासमा अवरोध सिर्जना गर्छ।

•    तनाव र एन्जाइटी: आफ्नो क्षमताभन्दा बढी गृहकार्यको दबाबले बालबालिकामा मानसिक तनाव र छटपटी (Anxiety) बढाउँछ।
•    पढाइप्रति वितृष्णा: धेरै गृहकार्य गर्दा सिकाई रमाइलो हुनुको साटो सजाय जस्तो बन्न पुग्छ, जसले गर्दा बालबालिकामा विद्यालय र पढाइप्रति नै नैराश्यता वा वितृष्णा जाग्छ।
•    आत्मविश्वासमा कमी: समयमा धेरै गृहकार्य सक्न नसक्दा वा गल्ती हुँदा बालबालिकामा हीनताबोध (Inferiority Complex) बढ्छ र उनीहरूको आत्मविश्वास कमजोर हुन्छ।
•    खेलकुद र मनोरञ्जनको अभाव: बालमस्तिष्कको विकासका लागि खेलकुद र स्वतन्त्र समय अनिवार्य हुन्छ। गृहकार्यकै बोझले गर्दा उनीहरूले खेल्ने र रमाउने समय पाउँदैनन्।
•    सामाजिकीकरणको कमी: परिवारका सदस्यहरूसँग कुराकानी गर्ने, साथीभाइसँग घुलमिल हुने र सामाजिक सीप सिक्ने अवसर गुम्छ।
•    सिर्जनात्मकता मर्नु: चित्रकला, संगीत, वा अन्य रुचि भएका क्षेत्रमा समय दिन नपाउँदा बालबालिकाको स्वाभाविक प्रतिभा र सिर्जनात्मक क्षमता प्रस्फुटन हुन पाउँदैन।
•    निन्द्राको कमी: ढिलासम्म गृहकार्य गर्दा बालबालिकाको निन्द्रा पूरा हुँदैन, जसले गर्दा उनीहरू दिनभर थकित र चिढचिढो हुने गर्छन्। सपनामा पनि विद्यालय शिक्षक गृहकार्य भित्रै रुमलिएका सपना देख्ने हुँदा पनि नेन्द्रामा कमी हुन्छ ।

•    शारीरिक निष्क्रियता: लामो समयसम्म एकै ठाउँमा बसेर लेखिरहँदा मोटोपन, आँखा दुख्ने, र ढाड वा गर्धन दुख्ने जस्ता समस्या देखिन सक्छन्।
दशैं र तिहारको लामो बिदामा साना विद्यार्थीहरूलाई थोरै, व्यावहारिक र सिर्जनात्मक गृहकार्य मात्र दिनुपर्छ, वा सम्भव भएसम्म परम्परागत गृहकार्य दिनै हुँदैन। चाडबाडको समय बालबालिकाका लागि किताबी ज्ञानभन्दा व्यावहारिक र सामाजिक सीप सिक्ने महत्वपूर्ण अवसर हो।
 

किन धेरै गृहकार्य दिनु हुँदैन अभिभाबकको के भूमिका हुनु पर्छ त ? 

खास गरी हाम्रा अभिभावकहरु जस्ले आफ्ना छोराछोरी निजि विद्यालयमा पढाउनु हुन्छ वहाँहरु आफ्ना सन्ततिहरु प्रति लगानी समय र सम्पतिकै हिसाबले पानि राम्रै ढंगले गर्नु भएको भेटिन्छ । तर हाम्रा सरकारी विद्यालयहरुमा त्यो अबस्था छैन । केहि विद्यार्थीहरु उपरोक्त हिसाबकै भए पनि वर्तमानमा अधिकांश विद्यार्थी कमजोर आयस्तर र भताभुङ्गे पारिवारीक स्थितिबाट आएका, टुहुरा ,अरुकै घरमा बसेका ,आमा बाबुले छाडेका, अरुका घरमा पालिएका फरक समुदायवाट फरक समुदायमा गइ कोठालिई बसेका, बाबु आमा घरमै भएका तर सब आफनै तालमा हिँड्ने झैझगडा गर्ने बालकच्चाको वास्ता नगर्ने अनेक वातरणका समेत देखिएका छन । कोही फरक धर्म र संस्कृतिबाट आएका पनि हुन सक्छन । यस अबस्थामा अलिक लामो बिदामा घरमा गर्न दिने काममा पनि बिचार पुर्याउनु पर्नु देखिन्छ ।

चाड नमनाउने समुदायका विद्यार्थीलाई आफूले नमनाउने कारण र छिमेकीले कसरी मनाए । सबैका चाडपर्ब सबैले मनाउँदा हुने फाईदा सँग सम्बद्ध गराएर गृहकार्य दिन पनि सकिएला । धेरै कुरा सिप र सोचाईको स्तरमा भर पर्ने सीप युक्त कार्य पनि दखिन्छ । फरक फरक अबस्थालाई पनि सामान्यिकरण गरेर गृह कार्य दिनेबेलामा राम्रो बिचार पुर्याउन नसक्दा कस्तो असर पर्न सक्छ त यसो बिचार गरौं ।

१. सांस्कृतिक र सामाजिक सिकाई (Cultural & Social Learning)

दशैं-तिहारमा बालबालिकाले ठूला बडाबाट आशिर्वाद लिने, नातागोता भेट्ने, र सामाजिक सम्बन्ध बुझ्ने मौका पाउँछन्। धेरै गृहकार्य दिँदा उनीहरू कोठामा थुनिन बाध्य हुन्छन्, जसले गर्दा उनीहरू आफ्नो संस्कृति र सामाजिकीकरण (Socialization) बाट टाढिन्छन्।

२. मानसिक पुनर्ताजगी (Mental Refreshment)

लगातार ६ महिनाको पढाइपछि यो लामो बिदा बालबालिकाको मस्तिष्कलाई आराम दिनका लागि हो। बिदामा पनि विद्यालयकै जस्तो दबाब दिँदा बिदा सकिएर विद्यालय फर्कंदा उनीहरूमा थप थकाइ र पढाइप्रति झन् बढी वितृष्णा (Burnout) पैदा हुन्छ।

३. व्यावहारिक ज्ञानको अवसर (Practical Skills)

चाडबाडमा घर सजाउने, पिङ खेल्ने, दियो बाल्ने, रंगोली बनाउने, र भान्सामा सघाउने जस्ता कामबाट बालबालिकाले जीवनोपयोगी सीप (Life Skills) सिकिरहेका हुन्छन्। यो सिकाई किताबी गृहकार्य भन्दा कैयौँ गुणा बढी प्रभावकारी हुन्छ। यसमा बिचार नपुग्दा व्यावहारिक ज्ञानको अवसर गुम्न सक्छ ।

४. पारिवारिक सम्बन्ध बलियो बनाउन (Family Bonding)

धेरै गृहकार्य हुँदा घरमा "पढ्न बस्" भनेर आमाबुबा र बच्चाबीच कचकच भइरहन्छ, जसले चाडबाडको रमाइलो माहोललाई तनावग्रस्त बनाउँछ। गृहकार्य नहुँदा अभिभावक र बालबालिकाले सँगै गुणस्तरीय समय (Quality Time) बिताउन पाउँछन्। पारिवारिक सम्बन्ध बलियो बनाउन पनि यसमा उपयुक्त ध्यान पुर्याउनु पर्ने देखिन्छ ।

हाम्रो सन्दर्भमा शहरी समाज , अर्धशहरी तथा ग्रामिण समाजिक सोचको मिश्रणमा हामी काम गरी रहेका छौं । यहाँ माथीकै सोचहरुको भिन्नतामा आधारीत धारणहरु पाईन्छन । कसैलाई धेरै दिनै पर्ने कसैलाई किन धेरै दिएको भन्ने आदि । शिक्षा क्षेत्रमा लागेका हामीले दुबै सोचलाई सन्तुलनमा राख्ने प्रयास गर्ने हो । माग र बिचार आफ्ना ठाउँमा आइ रहन्छन । गृहकार्य बालबालिकाले अभिभावकलाई सताउनबाट रोक्ने औषधि हैन ।

यो त शिक्षामा आएका आधुनिक चिन्तनलाई आफ्नो समाज र परिवेश सापेक्ष लागु गर्दै व्यहारीकतामा ढाल्दै जाने अभ्यास पनि हो । केबल गृहकार्यले मात्र अध्ययन र सिकाइको स्तर उकास्ने पनि हैन । चाडबाडको बिदा भनेको बालबालिकालाई 'विद्यार्थी' मात्र नबनाएर 'पारिवारिक र सामाजिक सदस्य' बन्न सिकाउने समय हो। त्यसैले यो समयमा उनीहरूको थाप्लोमा गृहकार्यको बोझ थप्नु बालमनोविज्ञानको हितमा हुँदैन।
 

मंगलबार, ०३ कार्तिक २०८३, ०६ : २९

प्रतिक्रिया