मौसम पूर्वानुमान

पश्चिमी वायुको प्रभाव कायमै, तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

मंगलबार, ०३ कार्तिक २०८३, ०६ : ४०

काठमाडौं- देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदली देखिएको छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि बदली रहने सम्भावना छ। तर, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा देशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। सम्भावित मौसमी अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

मंगलबार, ०३ कार्तिक २०८३, ०६ : ४०

प्रतिक्रिया