कोहलपुरमा  पहिलो पटक स्वाब संकलन शुरु

आइतबार, २८ बैशाख २०७७, १९ : ०६

बाँके जिल्लाको कोहलपुर नगरपालिकामा पहिलो पटक स्वाब संकलन शुरु गरिएको छ  । 

जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकादेखि १६ किमी दूरीमा पर्ने  नगरपालिकामा पहिलो पटक कोरोना परीक्षणका लागि स्वाब संकलन शुरु  गरिएको  नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए । 
 
उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखा कोहलपुरको संयुक्त टोलीले कोहलपुर ४ बेलनपुरमा मदरसा हिमालय  गरीब नवाज प्राविमा आज स्वास्थ्य शिविर सञ्चालन गरी स्वाब संकलन शुरु गरेको कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताए । नगरपालिका क्षेत्रमा भारतबाट आएका व्यक्ति रहेको आशंकामा स्वाब संकलन शुरु गरिएको र परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।
 

आइतबार, २८ बैशाख २०७७, १९ : ०६

प्रतिक्रिया