एनआइसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था बीच मर्जरमा जाने सहमति

सोमबार, ०१ भदौ २०७७, ०७ : ३२

एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने÷गाभिने ९मर्जर० सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।


कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआइसी र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त बीच एकआपसमा मर्जरमा जाने सहमति भएको हो । 


मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन । गाभ्नेरगाभिने ९मर्जर० गर्ने सम्बन्धी उक्त समझदारी पत्रमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीयका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरे ।


एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २०५ शाखा हुनेछ । 

गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एनआइसी एशिया लघुवित्तको नामबाट मिति २०७७ साल पुस महिनाको पहिलो हप्ता भित्रमा एकीकृत रुपमा कारोवार संचालन हुने गरी कार्ययोजना(एक्सन प्लान) सहित देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पुँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।  
 

सोमबार, ०१ भदौ २०७७, ०७ : ३२

प्रतिक्रिया