एनएमबि बैंकले ग्राहकले ०% प्रतिशत ईएमआईमा सामसङ मोबाइल फोन खरिद गर्न सक्ने

३ बर्ष अगाडि

एनएमबि बैंक लिमिटेड र आईएमएस बीच मोबाइल फोनको खरीदमा ०%  ईएमआईमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंङ्किङ रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स एण्ड अपरेशन नारायण प्रसाद भुषालले हस्ताक्षर गरे ।

यसअन्तर्गत एनएमबिका ग्राहकहरुले सामसङ मोबाइलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजनाअन्तर्गत ९ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् । 

  

३ बर्ष अगाडि

प्रतिक्रिया