एनआइसी एशियाको भाइबर कम्यूनिटीमार्फत क्विजमा सहभागी भएर पुरस्कार जित्ने यस्तो छ मौका

३ बर्ष अगाडि

डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रही गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको यस एनआइसी एशिया बैंकले समयअनुकुल ग्राहकमैत्री विशेष योजनाहरू ल्याउने क्रममा आकर्षक पुरस्कारले भरिपूर्ण  एनआइसी एशिया क्विज योजना सार्वजनिक गरेको छ । 


यस बैंकका ग्राहक तथा अन्य व्यक्तिहरूले यस बैंकको भाइबर कम्यूनिटीमार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी हुन सक्नेछन् । यसमार्फत २०७७ भदौ २५ देखि असोज १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीहरूले दिनुपर्नेछ । 


यसरी सोधिने प्रश्नमा दिइएका चारवटा विकल्पहरू मध्येबाट सहभागीहरूले आफ्नो सामान्य जानकारी सहित आफुलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्नेछन् र जति धेरै सही जवाफ दिन सकिन्छ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था भएको बैंकले जनाएको छ । 

बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ भने बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको छ ।

यस योजनामा सहभागी भई सही जवाफ दिने एक जनालाई रिचार्जरको तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिनेछ । त्यसैगरी पालसोनिकको तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रदरहुड इन्टरप्राइजेजको तर्फबाट भ्याकुम क्लिनर, इलेक्ट्रोनको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र यासुदाको तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिनेछ । 

साथै सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिने ५ जना भाग्यशालीलाई एलजीको तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई रू। ५०० बराबरको मोबाइल रिचार्ज सुविधा प्रदान गरिनेछ । 

भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबर एप खोली सर्च बक्समा गई यस बैंकको नाम खोज्नुपर्ने हुन्छ । जसमार्फत यस बैंकको एनआइसी एशिया क्विज योजनामा सहभागीता जनाउन सक्नुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया