भेरी अस्पताललाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

३ बर्ष अगाडि

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ५, नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताललाई तीन लाख सहयोग गरेको छ । 


उक्त सहयोगले भेरी अञ्चल अस्पताललाइ ७२ शैयाको कोभिड अस्पताल बनाउन सहयोग पुग्ने साथै काभिडका लक्षण देखिएका बिरामीहरुको उपचारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 


उक्त अस्पतालको उद्घाटन कार्यक्रममा बैंकको तर्फबाट सांग्रिला डेभलपमेन्ट बैंक नेपालगन्जका कलस्टर प्रमुख जयन्द्र खडकाले भेरी अञ्चल अस्पतालका प्रमुख श्याम सुन्दर यादवलाई चेक हस्तान्त्तरण गरे । 
कार्यक्रममा प्रदेश। ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल तथा भेरी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालको उपस्थिती रहेको थियो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया