भेरीमा जलयात्रा अलपत्र

३ बर्ष अगाडि

प्रथम जाजरकोट महोत्सवको अवसरमा भेरी नदीमा छ वर्षअघि तामझामका साथ उद्घाटन गरिएको जलयात्रा (र्याफ्टिङ)अलपत्र परेको छ ।

भेरी नदीको रिम्नाबजारबाट जगतीपुरस्थित मटेलासम्म २० किलोमिटर दूरीमा र्याफ्टिङ सञ्चालन गर्ने गरी शुरु गरिएको थियो ।

पूर्वाधार निर्माणबिनै हचुवामा शुरु भएको जलयात्रा नियमित हुन नसकेको स्थानीयवासी बताउँछन् ।  नेपाल पर्यटन बोर्ड र प्रथम जाजरकोट महोत्सव आयोजक समितिको लगानीमा भेरी–कर्णाली एडभेञ्चर प्रालि सुर्खेतले जलयात्रा शुरु गरेको थियो ।

एडभेञ्चरले दुईवटा डुङ्गा ल्याएर नदीमा जलयात्रा शुरु गरे पनि दिगो नबन्दा जाजरकोटको पर्यटन क्षेत्र खस्किएको व्यवसायी कमानबहादुर खड्काले बताउनुभयो । अन्य नदीको तुलनामा भेरी नदीमा जलयात्रा गर्न सहज र कम जोखिम रहेको बताइन्छ । “जलयात्रा सञ्चालन गरे आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न सक्थ्यो, भेरी नदीमा २० किलोमिटर दूरीको यात्रा गर्न दुई घण्टा समय लाग्ने गरेको छ”, उहाँले भन्नुभयो ।
 
पूर्वाधार, जनशक्ति र बजेट अभावमा जलयात्रा अलपत्र परेको सरोकारवाला निकायले बताउँदै आएका छन्  । जलयात्राले जिल्लाको आर्थिक वृद्धिमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको भए पनि सञ्चालन नहुँदा समस्या भएको छ । 
–––

३ बर्ष अगाडि

प्रतिक्रिया