नेप्सेमा चन्द्रागिरीको २० कित्ता कारोबार, खरिद गर्न चाहानेको चाप उच्च

३ बर्ष अगाडि

आज कारोबारको सुरुवातमै नेप्सेमा चन्द्रागिरी हिल्स लिमिटेडको शेयर कारोबार भएको देखिएको छ ।
 
आइतबारबाट कारोबारमा आएको यस कम्पनीको आज २० कित्ता शेयर कारोबार भएको हो । 

आज कम्पनीको १ सय ६८ रुपैयाँमा १० कित्ता र १ सय ७६ रुपैयाँमा १० कित्ता शेयर बिक्री भएको छ । 

आज कम्पनीको शेयर मूल्य भने जम्मा १.७३ प्रतिशतले बढेर १७६ रुपैयाँ पुगेको छ । 

उता, यस कम्पनीको शेयर खरिद गर्न चाहानेको चाप भने उच्च रहेको छ । 

अहिले सम्ममा नेप्सेमा ६ हजार ६०४ लगानीकर्ताहरुले १० लाख ८५ हजार कित्ता शेयर खरिद गर्न माग राखेका छन् । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया