पर्यटन बोर्डले सातामा २ दिन सार्वजनिक विदाको नीति फेरी अघि सार्यो

३ बर्ष अगाडि

काठमाडौं - नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सातामा दुई दिन सार्वजनिक विदाको मुद्दा फेरि उठाउने भएको छ । 

कोरोना महामारीका कारण शिथिल भएको मुलुकको पर्यटन व्यवसायलाई गतिशिलता दिन आन्तरिक पर्यटनको गतिविधि बढाउन दुई दिन विदाको नीति अपरिहार्य भएको भन्दै बोर्डले सो मुद्दालाई पुनः जोडतोडले उठाउने भएको हो । 

यसअघि विदा कार्यान्वयनको सम्बन्धमा अध्ययन समेत भई प्रतिवेदन तयार भइसकेको अवस्थामा मन्त्री तथा कर्मचारीको हेरफेरले मुद्दा ओझेलमा परेको बोर्डले जनाएको छ ।

यो मुद्दा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाका कारण प्रभावित मुलुकको पर्यटन व्यवसायलाई गतिशिलता दिनका लागि सातामा दुई दिन सार्वजनिक विदा दिने नीति अघि सारेका थिए । 

नेतृत्वकर्ताको हैसियतले मुद्दा उठाउने मन्त्रीकै वहिर्गमनले अहिले सो मुद्दा के हुने अनिश्चित बन्न पुगेको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया