सामसङको ग्यालेक्सी एम ०२ नेपाली बजारमा सार्वजनिक

३ बर्ष अगाडि

काठमाडौं-  नेपालमा सामसङले आफ्नो इन्ट्री लेभलको नयाँ फोन ग्यालेक्सी एम ०२ सार्वजनिक गरेको छ । 

यसमा ५ हजार एमएएचको मेगा ब्याट्री र मेडियाटेक ६७३९ शक्तिशाली प्रोसेसर छ । क्यामेराको कुरा गर्दा दुई मेगापिक्सलको म्याक्रो सेन्सर र १३ मेगापिक्सलकको मेन क्यामेरा सहित डुअल रियर क्यामेरा छन् । साथै यसमा ५ मेगापिक्सलको फ्रन्ट सेल्फी क्यामेरा छ । 

यसमा ६.५ इन्चको एचडी प्लस इन्फिनिटी भी डिस्प्ले छ । यसको डिजाइन पनि स्लिक र हातमा मज्जाले ग्रिप बस्ने किसिमको छ । हाल यो कालो, निलो र खैरो रङ्गमा नेपाली बजारमा उपलब्ध छ । 

दुई भेरियन्टमा उपलब्ध यस फोनमा २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज भेरियन्टङ्को मूल्य ११ हजार ९९९ रहेको छ भने तीन जीबी र्‍याम र ३२ जीबी स्टोरेजको मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको छ । यो फोन सोमबारदेखि देशभरका सामसङ ब्राण्ड पसल तथा खुद्रा स्टोरहरुमा उपलब्ध हुनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया