इन्फीको नयाँ अफर ‘ब्रीङ्ग इट अन’ सञ्चालन

३ बर्ष अगाडि

काठमाडौं-  नेपाली इकमर्स प्लाटफर्म इन्फी स्टोरले संगीत, खेल र शारीरिक अभ्यासमा रुचि राख्नेहरुलाई मध्यनजर गर्दै नयाँ अफर ‘ब्रीङ्ग इट अन’ सञ्चालन गरेको छ। 

सङ्गीत खेल र शारीरिक अभ्यासको अफरको माध्ययमबाट इन्फीले युवाहरुलाई स्फुर्त र शरीरिक तथा मानसिक स्वास्थ्यलाई स्वास्थ्य राख्न प्रोत्साहन दिएको बताइएको छ। 

यो अफरमा सामान खरिद गर्ने ग्राहकहरुको परोपकारी कार्यमा समेत योगदान हुनेछ। हरेक समानमा खरिदबाट आएको १० प्रतिशत नाफा ‘फिट हङ्ग्री नेपाल’ लाई प्रदान गर्ने लिम्बूको भनाइ छ। 

इन्फीको आधिकारिक वेबसाईट www.inf.store मा गएर आफुले रोजेको सामानको अनलाइन अर्डर गर्न सकिन्छ। इन्फीमा अरु अनलाइन स्टोरभन्दा कम मुल्यमा सामान पाइने र छिटो डेलिभरी समेत गरिने लिम्बूको दावी छ।

३ बर्ष अगाडि

प्रतिक्रिया