पर्यटन क्षेत्रमा ८ अर्ब ३२ करोड वैदेशिक लगानी स्वीकृ

३ बर्ष अगाडि

काठमाडौं - चालू आर्थिक वर्षको ७ महिनामा विविध क्षेत्रमा गरी कुल २८ अर्ब १३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीले स्वीकृति पाएका छन् । 

विभागका अनुसार कुल २८ अर्ब १३ करोड रुपैयाँका लागि एफडीआई स्वीकृति दिइएकामा सो मध्यबाट उद्योग, पर्यटन, कृषि, ऊर्जा, सेवा तथा सूचना तथा सञ्चारजन्य क्षेत्रमा गरी ६–७ वटा क्षेत्रमा लगानी आएको हो । 

जसमध्ये सबैभन्दा बढी पर्यटन क्षेत्रमा ८ अर्ब ३२ करोड रुपैयाँले स्वीकृति पाएको छ भने ६ अर्ब ५४ करोड सेवा मूलक क्षेत्रमा, ५ अर्ब ८३ करोड सूचना तथा प्रविधि क्षेत्रमा, ४ अर्ब ९७ करोड ऊर्जा क्षेत्रमा, २ अर्ब ५९ करोड उत्पादनमूलक क्षेत्रमा र ४० करोड रुपैयाँ कृषि क्षेत्रले पाएको छ । 

यद्यपि गत वर्षको तुलनामा यस वर्ष विदेशी लगानीमा केही कमी आएको छ । गत वर्षको सोही समयमा करिब ४० अर्ब रुपैयाँ बराबरको विदेशी लगानीले स्वीकृति पाउँदा यस वर्ष २८ अर्बले मात्र स्वीकृति पाएको विभागको तथ्याङ्कले देखाएको छ । 

तुलनात्मक रूपमा हेर्दा यो गत वर्षभन्दा करिब १८ अर्बले नै कमी हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया