सिप्रदी ट्रेडिङ प्रालिका निर्देशक राणाको निधन

३ बर्ष अगाडि

सिप्रदी ट्रेडिङ प्रालिको निर्देशक सौर्य शमशेर राणाको मृत्यु भएको छ। नेपाल भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष समेत रहेका राणाको आइतबार बिहान निधन भएको हो।

चार दिनअघि काठमाडौंको मेडिसिटी हस्पिटलमा मुटुको अप्रेसन गरेका राणाको बिहान निधन भएको हो ।

राणाले अटो व्यवसायमा लामो समय काम गरेका छन्। उनी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको पूर्वअध्यक्ष पनि थिए। स्वर्गीय राणाको श्रीमती, एक छोरा र एक छोरी छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया