नेपाली बजारमा नोकिया १.४ सार्वजनिक, कति छ बजार मुल्य ?

३ बर्ष अगाडि

काठमाडौं- नोकिया वान सिरिज अन्तर्गत नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले यो सिरिजकै सबैभन्दा ठूलो फोनका रूपमा नोकिया १.४ बजारमा ल्याएको हो । यो फोनको को छ ।

यो फोनका मुख्य विशेषतामा स्क्रिन ६.५२ इन्च, एन्ड्रोइड १० अपरेटिङ सिस्टम, आईपीएस एलसीडी डिस्प्ले (७२०*१६०० पिक्सेल), स्न्यापड्रागन २१५ प्रोसेसर, ८ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको सेल्फी क्यामेरा, ४ हजार एमएएच ब्याट्री, फिंगरप्रिन्ट (रियर-माउन्टेड) लगायत छन् ।

ब्लर ब्याकग्राउन्डमा प्रोफेशनल तस्वीर खिच्न पोट्र्रेट मोडका साथ बहुमूल्य पारिवारिक क्षणहरू क्याप्चर गर्न सकिन्छ । 

कम्पनीका अनुसार यसका हार्डवेयरहरु पनि एकदमै बलियो टिकाउ र शानदार डिजाइन छ । नोकिया १.४ नेपालमा १७ फागुनदेखि उपलब्ध भएको छ । २ जीबी र्‍याम र ३२ जीबी स्टोरेजमा उपलब्ध यस फोनको मूल्य १२,८९९ छ । यो फोन ग्रे र पर्पल  डस्क कलर भेरियन्टमा उपलब्ध हुनेछ । 

नाेकिया स्मार्टफाेनकाे पछिल्लाे मूल्य सूची :

 

Model Price Rs.
Nokia C1 (1GB+16GB) 7,199/-
Nokia – C1 Plus (1GB+16GB) 8,399
Nokia C2 (1GB+16GB) 9,299/-
Nokia 2.2 (2GB/16GB) 9,499/-
Nokia C3 (2GB/16GB) 12,499/-
Nokia 2.3 (2GB/32GB) 13,499/-
Nokia 2.4 (2GB/32GB) 12,999
Nokia 3.4 (3GB+64GB) 15,999
Nokia 5.3 (3GB/64GB) 21,000/-
Nokia 5.3 (4GB/64GB) 23,499/-
Nokia 7.2 (4GB/64GB) 33,999/-
Nokia 1.4 (2/32GB) 12,899

 

 

३ बर्ष अगाडि

प्रतिक्रिया