ओपो एफ १९प्रो सार्वजनिक हुने निश्चित,नेपालमा चाँडै सार्वजनिक गरिने घोषणा

३ बर्ष अगाडि

काठमाडौं- सन् २०१६ मा पहिलो पटक नेपालमा सार्वजनिक गरिएको एफसिरिजका फोनहरु ओपोको सर्वाधिक लोकप्रियमध्यको मानिन्छ । कम्पनीको एफसिरिजका लाइन अपमा ओपो एफ१९प्रो नयाँ समिकरणका रुपमा सार्वजनिक हुन भएको छ । 

ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ १९प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । 

ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको हो । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ१९प्रो मार्फत थप अगाडी लैजाने तयारी गरेको छ । फोनमा प्रयोग हुने अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नव्र बर्तनात्मक प्रविधिहरुका कारण ओपो एफ१९प्रो ले एफसिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।

ओपो एफ१९प्रोले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफ सिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ । हाल सम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने कुनै आधिकारिक जानकारी दिएको छैन । तथापी, यही महिनाभित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ ।

हाल सम्म कम्पनीले ओपो एफ१९प्रोका विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन । तर, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु प्नि नयाँ फोनमा समावेश गरिने आशा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया