काठमाडौंमा जाममै बस्दा सकिन्छ २ अर्ब ४२ करोडको इन्धन

शुक्रबार, ०६ चैत्र २०७७, १७ : ११

काठमाडौं । काठमाडौंमा रु २ अर्ब ८२ करोड भन्दा बढी मूल्य पर्ने इन्धन जाममा बस्दा खर्च हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । 

अर्थशास्त्री डा. शेरजंग बहादुर चन्द नेतृत्वको समूहले गरेको अध्ययनले काठमाडौंमा वार्षिक रु. २ अर्ब ८२ करोड ७८ लाख रुपैयाँ बराबरको इन्धन जाममा बस्दा मात्रै खर्च हुने तथ्यांक सार्वजनिक गरेको हो । 

सो अध्ययन अनुसार काठमाडौं उपत्यकामा सवारी जामका कारण मोटरसाइकलमा यात्रा गर्ने व्यक्ति प्रतिघण्टा २१ मिनेट जाममा पर्ने गरेका छन् । यस्तै गन्तव्यमा हिंडेको कार प्रतिघन्टा २७ मिनेट ढिलो हुने गरेको तथ्यांकमा उल्लेख छ ।  

काठमाडौंमा एक लिटर इन्धनले दुई पांग्रे सवारी साधन २६ किलोमिटर, चारपांग्रे कार, जीप ८ किलोमिटर मात्रै चल्ने गरेको डा. चन्दको निश्कर्ष छ । 

जामकै कारण काठमाडौं उपत्यकामा ट्राफिक प्रवाह (बग्ने गति) ब्यस्त समयमा १४ किलोमिटर प्रतिघण्टा, सामान्य समयमा ३२ किलोमिटर प्रतिघण्टा र रातिको समयमा ५५ किलोमिटर प्रतिघण्टा रहेको पनि सोधमा उल्लेख छ ।

गणितीय अर्थशास्त्रको कल्पना गरी गणितीय मूल्य भारको आधारमा जामको आर्थिक गणना गरिएको चन्दले बताए । उपत्यकाका मानिसको औषत वार्षिक आम्दानी तीन लाख ७० हजार रहेको र एक दिनमा ८ घण्टा काम गर्दा प्रतिदिन आम्दानी १२ सय ३३ रुपैयाँ हुन आउने र प्रतिघण्टाको आम्दानी १५४ रुपैयाँ हुन जाने देखिएको डा। चन्दले बताए ।

६ महिना लगाएर गरिएको अध्ययनमा १८ देखि २० जनाको समूहले काम गरेको र १२ सय भन्दा बढी मानिसमा सर्भे गरिएको चन्दले बताए । चन्द एटालन्टीक इन्टरनेश्नल विश्वविद्यलयका पोष्ट डक्टोरेट शोधकर्ता हुन्।

शुक्रबार, ०६ चैत्र २०७७, १७ : ११

प्रतिक्रिया