वानप्लस नाइन सिरिज विश्वबजारमा आज सार्वजनिक हुँदै, के कस्ता छन् फिचर ?

३ बर्ष अगाडि

काठमाडौं- बहुप्रतिक्षित वानप्लस नाइन सिरिज आज नेपाली समयअनुसार बेलुका ७ः४५ मा हुने लञ्च इभेन्टबाट यो सिरिज विश्वबजारमा सार्वजनिक हुने भएको छ ।

यो सिरिजमा कम्पनीले वानप्लस नाइन, वानप्लस नाइन प्रो र वानप्लस आर गरी तीन मोडलमा फोन सार्वजनिक गर्नेछ । 

वानप्लस नाइनका सम्भावित फिचर

यो मोडलमा ६.५ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले रहनेछ । प्रोसेसरको रुपमा क्वालकमको फ्ल्यागशिप चिप स्न्यापड्रागन ८८८ हुनेछ भने १२ जीबी र्‍याम र २५६ जीबीको स्टोरेज हुनेछ । एन्ड्रोइडमा ११ मा आधारित अक्सिजन अपरेटिङ सिस्टम यूआईमा चल्नेछ ।

क्यामेराको रुपमा ४८ मेगापिक्सेलको प्राइमेरी सेन्सर हुनेछ भने ५० मेगापिक्सेलको सेकेन्डरी सेन्सर हुनेछ । त्यस्तै डेप्थ सेन्सर २ मेगापिक्सेलको रहने छ भने सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामेरा हुनेछ । त्यस्तै फोनमा ४५०० एमएएचको ब्याट्री हुनेछ ।

वानप्लस नाइन प्रो फाइभजीका  फिचर

यो मोडलमा ६.६७ इन्चको एमोलेड डिस्प्ले रहनेछ । प्रोसेसरको रुपमा क्वालकमको फ्ल्यागशिप चिप स्न्यापड्रागन ८८८ हुनेछ भने १२ जीबी र्‍याम र २५६ जीबीको स्टोरेज हुनेछ ।

एन्ड्रोइडमा ११ मा आधारित अक्सिजन अपरेटिङ सिस्टम यूआईमा चल्नेछ । क्वाड क्यामेराको सेटअप दिइएको फोनमा ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सर र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा हुनेछ । त्यस्तै फोनमा ४५०० एमएएचको ब्याट्री हुनेछ ।

वानप्लस नाइन आरका  फिचर

वानप्लस नाइन सिरिजमा सस्तो मोडलका रूपमा सार्वजनिक हुने यो फोनका धेरै फिचर बाहिर आएको छैन । वानप्लसका सीईओ पेट लिउले ९ आरको लुक्स नोर्डको जस्तै भएपनि यो अझ राम्रो हुने संकेत गरेका छन् ।

तर उनले यसमा शक्तिहाली चिप नहुने उनले संकेत दिएका छन् । यसमा नाइन र नाइन प्रोमा रहेको स्नापड्रागन ८८८ भन्दा न्यून स्तरकै चिपसेट हुनेछ ।

तर नोर्डमा रहेको स्नापड्रागन ७५६ जीभन्दा शक्तिशाली हुनेछ । यसको अर्थ यसमा स्नापड्रागन ८७० देखि ८६५ को बीचको चिपसेट हुनेछ । यसमा फाइभजी कनेक्टिभिटी पनि हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया