हिमाल आरोहण बापत झण्डै २३ करोड रोयल्टी सङ्कलन !

३ बर्ष अगाडि

पर्वतारोहणका लागि उपयुक्त मानिने वसन्त याममा सर्वाधिक आरोही सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि नेपाल आउने गर्छन् । हिमाल आरोहणबाट राज्यलाई राम्रै  रोयल्टी जम्मा हुन्छ । यस यामको आरोहणमा असहज परिस्थितिका बीचमा पनि आरोहीको सङ्ख्या उत्साहवद्र्धक रहेको छ । 

यस याममा हिमाल आरोहण बापत पर्यटन विभागले हालसम्म झण्डै २३ करोड रोयल्टी सङ्कलन गरेको छ । विभागको सोमबारसम्मको विवरणमा रु २२ लाख ७७ हजार एक हजार ४५९ रोयल्टी जम्मा भएको छ ।    हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ । यो अनुकूल मौसममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन् ।
    
मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरुआत भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ । वसन्तयामको आरोहणका लागि विभागले यही चैत २ देखि आरोहण अनुमति जारी गरेको थियो । चैत १३ मा सगरमाथा आरोहणको पहिलो ‘पर्मिट’ जारी भएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया