तामाकोशीको लागत दोब्बर बनाउन लाग्ने यी को हुन् ?

आइतबार, ०९ मंसिर २०७५, १३ : ४३

काठमाडौ – आयोजना प्रमुख, भारतीय ठेकेदार तथा परामर्शदाताको विशेष लगावमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशीको लागत र समयावधी लगातार बढाइएको छ । विद्युत् आयोजना बनाएको भरमा मात्रै आर्थिक समुन्नती हुन सक्दैन, भन्दै आयोजनाको प्रमुख, इन्जिनियर तथा उच्च पदस्थ कर्मचारी तथा केही पूर्व सांसद समेत जसरी भएपनि लागत बढाउनै पर्ने भन्र्दै चर्को दबावमा लागेका छन् । दोलखाका स्थानीय निकायका अधिकारी समेत आयोजनाको लागत र समयावधि बढाउन लागिपरेका छन् । 

आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ, नै ठेकेदारलाई आइडिया र सूचना उपलब्ध गराउने गरेका छन् । उनले धारतीय कम्पनी टेलम्याकोलाई कसरी आयोजनाको काममा ढिलाई गर्न सकिन्छ भन्दै उपाय समेत उनै कम्पनीले प्रस्ताव मात्रै ल्याउने  होइन  आयोजना प्रमुख श्रेष्ठले समेत हचुवाको भरमा सदर गर्ने गरेका छन् । 

कूल ३५ अर्बको आयोजनाको लागत बढेर ७० अर्ब रुपैयाँको हाराहारीमा पुगेपछि मन्त्री पुनले आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमना घिसिङ, आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठलगायतलाई बोलाएर आयोजनाको प्रगतिमा भइरहेको ढिलाईप्रति आपत्ति मात्रै जनाएनन्, दोषीमाथि कारवाही समेत चेतावनी दिएका छन् । कूल ४५६ मेगावाट क्षमताको आयोजनाको भौतिक प्रगति ९७ प्रतिशत रहेपनि पछिल्लो समयमा भारतीय ठेकेदार कम्पनी टेलम्याकोले तोकिएअनुसार काम नगर्दा आयोजना प्रभावित भएको छ ।

आयोजनाको मुख्य काम नै बाँकी रहेपछि मन्त्री पुनले किन त्यस्तो भएको हो भनेर जिज्ञासा राख्दै तत्काल समस्या समाधानका लागि आग्रह गरेका हुन् । ठाडो सुरुङमा जडान गर्नुपर्ने स्टिल लाइनिङको काम अगाडि बढ्न सकेको छैन । भारतीय ठेकेदार कम्पनी दुई वटा ठाडो सुरुङमा जडान गर्नुपर्ने पाइप जडान गर्न सकेको छैन । सिभिल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सम्पन्न गरेपनि अरु काम भने अगाडि बढ्न सकेको छैन ।

टेलम्याकोले काम नगरेपछि त्यसको जिम्मा समेत एन्ड्रिज हाइड्रोलाई दिने तयारी गरिएको छ । आयोजना सधै यत्तिकै हालतमा राख्न सकिदैन, किन ढिलाई भएकोहो ? समस्य के हो ? समाधान कसरी निस्कन्छ लगायतका विषयमा मन्त्री पुनले जिज्ञासा राखेका छन् । उनले जसरी भएपनि आयोजनाको काम तत्काल सम्पन्न गर्नुपर्ने र कुनै पनि हालतमा अवरोध हुन नहुनेगरी आयोजना प्रमुख तथा प्राधिकरणका कार्यकारी निर्देशनकलाई निर्देशन दिएका छन् ।

आइतबार, ०९ मंसिर २०७५, १३ : ४३

प्रतिक्रिया