विमानस्थल पूर्वाधार बनाउन २० अर्ब ३१ करोड बजेट, सुकेटारलाई रवीन्द्र अधिकारी विमानस्थल नामाकरण

२ बर्ष अगाडि

काठमाडौं - आगामी आवमा सरकारले चार अन्तराष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

साथै सरकारले सुकेटार विमानस्थलाई पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको नामबाट नामाकरण गर्ने भएको छ । 

आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विमानस्थलको नामाकरण रवीन्द्र अधिकारीको नामबाट गर्ने बताएका छन् । 

त्यस्ते तेह्रथुमको चुहान डाँडामा निर्माण हुने विमानस्थलको नामाकरण स्वर्गीय आङछिरिङ शेर्पाको नामबाट राखिने भएको छ।   

अधिकारी र शेर्पाको २०७५ सालमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया