सुकेटार विमानस्थलको नाम परिवर्तन : योगेश भन्छन् 'असल कामको असल नियत र सही प्रकृयाबाट गरियो भनेमात्र परिणाममा पुग्न सकिन्छ'

२ बर्ष अगाडि

काठमाडौं - सरकारले ताप्लेजुङको सुकेटार विमानस्थलाई पूर्वपर्यटन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको नामबाट नामाकरण गर्ने भएपछि अहिले चौतर्फी विरोध भइरहेको छ । 

आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विमानस्थलको नामाकरण रवीन्द्र अधिकारीको नामबाट गर्ने बताए पछि यसको विरोध सुरु भएको हो । 

यसको बारेमा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले पनि यसको खण्डन गर्दै ऐेतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरूको परिचय बदल्नु भन्दा अघि त्यसको आवश्यकता, औचित्यका, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र विमर्श गरी सहमति गर्नु पर्ने बताएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन् । 'असल काम पनि असल नियत र सही प्रकृयाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा बरबाद, विभाजन र अनावश्यक तनाब मात्र झेल्नु पर्दछ ।'

 


 

२ बर्ष अगाडि

प्रतिक्रिया