सुकेटार विमानस्थलको नाम परिवर्तन नगर्न सरकारसँग फुङलिङ नगरपालिकाको माग

२ बर्ष अगाडि

ताप्लेजुङ - फुङलिङ नगरपालिकाले सुकेटार विमानस्थलको नाम परिवर्तन नगर्न सरकारसँग आग्रह गरेको छ । सोमबार बिहान बसेको ७०औं कार्यपालिका बैठकले विमानस्थलको नाम सुकेटार नै राख्नुपर्ने निर्णय गरेको ८ नम्बर वडाध्यक्ष पदमसुन्दर पालुङवाले बताए ।

डीपीआरसमेत भएको फुङलिङ–१० र ११ को गोरुजुरेमा निर्माणाधीन रवीन्द्र स्मृति पार्कलाई पूर्णता दिन पनि नगरपालिकाले आग्रह गरेको छ । 

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण प्रस्तुत गर्ने क्रममा सुकेटार विमानस्थललाई स्वर्गीय नेता रवीन्द्र अधिकारीको नामबाट नामकरण गरिएको बताएपछि जिल्लामा विरोध भइरहेको छ ।

साथै एमालेको माधव नेपाल समूहसहित जिल्लाका ७ राजनीतिक दलले नाम परिवर्तन नगर्न भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया