बन्दीपुर गाउँपालिकाको बजेट ५१ करोड ३४ लाख

२ बर्ष अगाडि

तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु ५१ करोड ३४ लाख एक हजार ५०० को बजेट पारित गरेको छ । नवौँ गाउँसभाले आगामी वर्षका लागि प्रस्तुत बजेट पारित गरेको हो । यही असार १० गते शुरु भएको गाउँसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । 

गाउँपालिकालाई सङ्घ सरकारमार्फत वित्तीय समानीकरण अनुदान बापत रु नौ करोड चार लाख, सशर्त अनुदान बापत रु १८ करोड ७५ लाख, विशेष अनुदानबापत रु दुई करोड ४९ लाख, राजश्व बाँडफाँड बापत रु छ करोड ५४ लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन्  । गण्डकी प्रदेश सरकारमार्फत वित्तीय समानीकरण अनुदान बापत रु एक करोड पाँच लाख ३१ हजार, राजश्व बाँडफाँड बापत रु ८९ लाख ३२ हजार, विशेष अनुदान बापत रु ५० लाख र समपुरक अनुदान बापत रु ५० लाख प्राप्त हुने अनुमान गरिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया