आन्तरिक हवाईका कुल यात्रुहरुमध्ये ४२ प्रतिशतले लगाइसके कोरोना खोप

२ बर्ष अगाडि

काठमाडौं - आन्तरिक हवाई सेवामा कुल यात्रुहरुमध्ये अधिकतम ४२ प्रतिशत यात्रुहरु कोभिड–१९ विरुद्धको भ्याक्सिनको पहुँचमा रहेको एक तथ्याङ्कले देखाएको छ । निजी विमान कम्पनी बुद्ध एयरले गरेको एक सर्वेक्षणले कुल हवाई यात्रुहरु मध्ये अधिकतम ४२ प्रतिशतले खोप लगाइसकेको देखाएको हो ।

सर्वेक्षण बुद्ध एयरका हवाई उडान हुने सम्पूर्ण गन्तव्यहरु तुम्लिङटार, भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी र काठमाडौंमा गरेको थियो ।
 
कुल २४ हजार ९३ यात्रुहरुमा गरिएको सर्वेक्षणमा खोप लगाएका कुल ९ हजार ६६८ जना मध्ये अधिकतम ७ हजार ४ जनाले पूर्ण ९दोस्रो डोज पनि० खोप लगाइसकेको, २ हजार ६६४ जनाले पहिलो डोज लगाएको र १४ हजार ४२५ जनाले अझैं खोप लगाउन बाँकी रहेको तथ्य देखाएको छ । 

जसमध्ये २९० जना संक्रमित भएर पनि निको भइसकेको तथ्याङ्कले देखाएको छ । अर्थात १४,१३५ जना संक्रमित नभएका यात्रुहरु हुन् । सर्वेक्षणमा जम्मा जम्मी दुई प्रश्नहरु सोधिएको थियो । जसमा खोप लगाए÷नलगाएका तथा २०७७ वैशाख यता कोभिड संक्रमण भएकारनभएकाबारे सोधिएको थियो । 

तर, यता हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भने आफ्ना सबै कर्मचारीहरुलाई पूर्ण डोज खोप दिइसकेको जनाएको छ । सो बारे जानकारी दिँदै कम्पनीका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपशे जोशीले सबै कर्मचारीहरु दुबै डोज खोप लिइसकेका र संक्रमणरहित यात्राका लागि कम्पनी प्रतिवद्ध रहेको जनाएका छन् ।

बुद्ध एयरसँग १० वटा एटीआर–७२, ३ वटा एटीआर–४२ तथा २ वटा बिचक्राफ्ट जहाज रहेको छ । बुध्द एयर आन्तरिकतर्फ १३ गन्तव्य र भारतको वाराणसीमा उडान भर्ने गरेको छ । कोभिडका कारण हाल वाराणसी उडान भने कम्पनीले स्थगित गरेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया