६ महिनामा ५८ हजार बढी पर्यटक भित्रिए, कुन महिनामा कति ?

२ बर्ष अगाडि

काठमाडौं, सन् २०२१ को ६ महिनामा ५८ हजारभन्दा बढी विदेशी पर्यटको आगमन भएको छ । सन् २०२१ को जुन महिनाको अन्तिम सम्म नेपालमा ५८ हजार ४० पर्यटक भित्रिएका छन् । पर्यटन विभागले सार्वजनिक गरेको तथ्याङले यस्तो देखाएको हो ।

चीनको उहान प्रहान्तबाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रलाई नराम्रो संग प्रभाव पारेको छ । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको थियो । तर, भ्रमण वर्षका रुपमा सुरुवात गरिएपछि गत मार्च र अप्रिलपछि नेपालमा लकडाउजन सुरु भयो । त्यसपछि  भने पर्यटक आगमन बन्द भएको थियो । सरकारले गत अक्टोवर १७ बाट पर्यटकका लागि समेत नेपाल खुला गरेपछि भने क्रमशः पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

सन् २०२१ को जनवरीको अन्तिम सम्म ८ हजार ८७४ जना पर्यटक भित्रिएका छन् । तर, सन् २०२० को जनवरीको तुलना भित्रिएका पर्यटकको संख्या ७० हजार ८२८ जना कम रहेको छ । गत वर्षको सोही अवधीमा नेपालमा ७९ हजार ७०२ जना पर्यटकको आगमन भएको हो । त्यसपछि भने कोरोनाको प्रभावका कारण पर्यटकको आगमन घट्दोदर मा ओरालो लागेको हो । 

यस्तै, सन् २०२१ को फेबु्रअरीमा ९ हजार १४६ जना पर्यटकको आगमन भएको छ । गत वर्षको सोही अवधीमा नेपालमा ९८ हजार १९० जना पर्यटक भित्रिएका थिए । यसैगरी, मार्चमा १४ हजार ९७७, एप्रिलमा २२ हजार ४५०, मे मा १ हजार ४५० र जुनको अन्तिम सम्ममा १ हजार १४३ जना पर्यटक भित्रिएका हुन । 

गत वर्षको सोही अवधी अर्थात सन् २०२० को ६ महिनाको तुलनामा नेपालमा भित्रिएका पर्यटकको संख्या निकै कम हो । २०२० को जुन महिना सम्म कुल २ लाख १७ हजार ८१५ जना पर्यटकको आगमन भएको हो । गत वर्षको पहिलो तीन महिनामा कोरोनाको कुनै प्रभाव नभएका कारण लक्ष्य अनुसार नै पर्यटक भित्रिएको विभागको तथ्यांकले देखाएको छ । अप्रिल लागेसंगै कोरोना महामारी कारण देशव्यापी लकडाउन हुदाँ पछिल्लो ६ महिना अर्थात २०२० को जुललाई देखि डिसेम्बरमा जम्मा १२ हजार २७० पर्यटक भित्रिएका थिए । २०२० मा नेपाल सरकारले २० लाख हारहारीमा पर्यटक भित्रिउने लक्ष्य लिएको थियो ।

यसैगरी, २०२१ को एप्रिल २९ बाट देशका विभिन्न जिल्लामा निषेधाज्ञा भएसंगै पर्यटक क्षेत्रमा पुन प्रभाव परेको हो । जुलाई १ बाट आन्तरिक र जुलाई ५ बाट अन्र्तरराष्ट्रिय हवाई उडान खुलेपनि अहिले पनि देशका विभिन्न सिमा नाकाहरु बन्द रहेका छन् । निजी क्षेत्र समेत अन्यौल कायम रहेका कारण तत्काल पर्यटन क्षेत्र कसरी अगाडी बढ्छ भन्ने नसक्ने अवस्थामा रहेको छ । 

सरकार स्वयम्ले स्पष्टसँग पर्यटनमा आगामी आवहरुका लागि तोकिएका लक्ष्य प्राप्तीमा चूनौती देखेको छ । कोरोना भाइरसको महामारीका कारण अतिप्रभावित बनेको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कने अझै दुई वर्ष लाग्ने भएको छ । सरकारले स्वयम्ले यस्तो प्रक्षेपण गरेको हो ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया