साउन १७ गतेदेखि पोखरा-नेपालगञ्ज सिधा उडान, साताको ३ दिन

२ बर्ष अगाडि

काठमाडौं - आगामी साउन १७ गतेदेखि अन्तरप्रदेश पोखरा(नेपालगञ्ज सिधा उडान हुने भएको छ । हालसम्म संघीय राजधानी काठमाडौंबाट मात्र प्रदेश स्तरीय उडान भइरहेको अवस्थामा पहिलो पटक बुद्ध एयरले अन्तर प्रदेश हवाई उडान सेवा सुरु गर्न लागेको हो । 

पहिलो पटक अन्तर प्रदेश पोखरा- नेपालगञ्ज उडान भर्न लागेको कम्पनीले प्रारम्भिक चरणमा साताको ३ दिन अर्थात आइतबार, बुधबार र शुक्रवार सो स्थानमा नियमित उडान भर्ने जनाएको छ । 

साथै, केही समयपछि यात्रुको माग र चापका आधारमा दैनिकी उडान भर्ने योजना समेत कम्पनीले बनाएको बुद्ध एयरले जनाएको छ । पछिल्लो समय बुध्द एयरले काठमाडौं केन्द्रित उडानलाई क्रमशः प्रदेशहरुबाट पनि विस्तार गरिरहेको छ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया