धौलागिरी लघुवित्तको नाफा २९७ प्रतिशतले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

२ बर्ष अगाडि

काठमाडौं, धौलागिरी लघुवित्त वित्तीय संस्थाको खुद नाफा २९७ प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २९७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीेले हालै सार्वजनिक गरेको गत अवाको चौथो त्रैमासिक वित्तीय विवरण यस्तो देखाएको हो ।

अघिल्लो आवमा रू. ८८ लाख १९ हजार खुद नाफा गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. ३ करोड ४० लाख ८६ हजार नाफा गरेको छ । 

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ११ प्रतिशत,सञ्चालन नाफा १३३ प्रतिशत र रू. २ करोड ३० लाख ८५ हजार खराब कर्जा उठाएको छ ।

कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । कम्पनीले जगेडा कोषमा रू. ८ करोड ६० लाख सञ्चित गरेको छ ।

अघिल्लो आवमा निष्क्रय कर्जा २.२२ प्रतिशत रहेकोमा गत आवमा १.२७ प्रतिशतमा झरेको हो । 

कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ३५ करोड ३ लाख ८९ हजार सापटि लिएर,रू। ५१ करोड ४५ लाख ४४ हजार निक्षेप संकलन गरेर रू। १ अर्ब ७ करोड ७४ लाख कर्जा लगानी गरेको छ । यस्तै, अघिल्लो आवमा प्रतिशेयर आम्दानी रु.३१.३६ रहेको कम्पनीको प्रतिशेयर आम्दानी बढेर रु.५०.१२ पुगेको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया