एक बर्षमा ३६ अर्ब ९० करोडको मोबाइल सेट आयात

मंगलबार, १२ साउन २०७८, १२ : १७

 नेपालमा गत आर्थिक वर्षमा मोबाइल फोनको आयात अघिल्लो आर्थिक वर्षको तुलनामा दोबरले बढेको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ३६ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबरको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरिएको छ।

राजश्व बापत मात्र नेपाल सरकारले पाँच अर्ब ८४ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।
आर्थिक वर्ष २०७६÷०७७ मा भने १८ अर्ब १७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको ४३ लाख ६५ हजार ९९० वटा मोबाइल सेट आयात भएको  छ।

त्यसबाट सरकारले २ अर्ब ८७ करोड ९१ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको तथ्याङ्क छ।

यी अवधिमा नेपालले खासगरी छिमेकी मुलुक भारत र चीनबाट मोबाइल फोनका ब्याट्री पनि उल्लेख्य सङ्ख्यामै आयात गरेको  तथ्याङ्कमा उल्लेख रहेको छ।

मंगलबार, १२ साउन २०७८, १२ : १७

प्रतिक्रिया