साउदी अरबले बिदामा घर फर्की भिसा अवधिभित्रै नफर्किए तीन वर्षे बन्देज

विहीबार, ०७ असोज २०७८, ०७ : १६

काठमाडौं - साउदी अरबले बिदामा घर फर्की भिसा अवधि भित्रै नफर्किनेलाई तीन वर्षे बन्देज लगाउने भएको छ । 

साउदी गजेटका अनुसार साउदी अरबबाट विदामा गएकाहरूले रोजगारदाताले नयाँ भिसा उपलब्ध गराएमा बाहेक तीन वर्षे प्रावधान लागू हुने जनाएको छ ।

घरेलु कामदारको हकमा भने ६ महिनाभित्र साउदी अरब नफर्केमा उनीहरुको आवासीय अनुमति तथा भिसा स्वतः खारेज गरिने जनाइएको छ ।

विहीबार, ०७ असोज २०७८, ०७ : १६

प्रतिक्रिया