विदेशी कामदारले आफ्नो असन्तुष्टि रोजगारदाता समक्ष राख्न कतारको आग्रह

२ बर्ष अगाडि

काठमाडौं - कतारको अदालतले विदेशी कामदारले आफ्नो असन्तुष्टि सबैभन्दा पहिले आफ्नो रोजगारदाता समक्ष राख्नु पर्ने बताएको छ । 

एक विदेशी कामदारले रोजगारदाता कम्पनीले आफ्नो कार्य सम्पादन सही मुल्यांकन नगरेका कारण आफ्नो पदोन्नति नभएकाले न्याय र क्षतिपूर्ति माग्न अदालतमा उजुरी गरेका थिए । 

अदालतले कम्पनीबाट राजीनामा गरिसकेका कामदारको उजुरी गर्ने हकदैया नरहने फैसलामा भनेको छ । यसले रोजगारीका क्रममा कम्पनीमा हुने अन्याय तथा विभेदका विरूद्ध संघर्ष गर्न रोजगारीमा नै रहनुपर्छ भन्ने देखाएको छ ।

खाडीका विभिन्न देशमा कार्यरत कामदार तलब सुविधा नपाएको भन्दै कम्पनी छोडेर हारगुहार लगाउने गर्दछन् । तर अदालतले रोजगारदातासमक्ष निश्चित प्रक्रियामा आफ्ना अधिकार, न्याय र सुविधा खोजिएको हुनैपर्ने र त्यो माग रोजगारदाताले नसुनेको भएमात्र अदालतले सुनुवाइको अवसर दिन सक्ने बताएको छ ।

 
 

२ बर्ष अगाडि

प्रतिक्रिया