ओमानले माग्यो आकर्षक तलबसहित नेपाली कामदार, यस्तो छ सेवासुविधा !

२ बर्ष अगाडि

काठमाडौं - ओमानको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । ओमानको मुस्काट सहरमा रहेको रेहाम इनटरनेशनल एसपिसि कम्पनीले १३ जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित ३६ हजार माथिदेखि ७६ हजार माथि पाउनेछन् । इच्छुक कामदारले अश्लेषा इनटरनेशनल प्रालिको कार्यालय बसुन्धारा काठमाडौंमा असोज १४ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया