रसुवागढीबाट ५६८ सवारी साधन नेपाल भित्रियो, एक अर्ब ५९ लाख बढि राजस्व असुली

२ बर्ष अगाडि

काठमाडौं - उत्तरी नाका रसुवागढीबाट चीनमा निर्मित सवारी साधन भित्रने क्रम बढ्दै गएको छ ।

चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म ट्रक डम्फर ३५, मिनि बस ६, माइक्रोबस १६, कङ्क्रिट मिक्सरलरी ३, डेलिभरी भ्यान २, ठूलोक्रेन १, ब्याट्रीबाट चल्ने विद्युतीय कार४, ट्रेलर ५८, विद्युतीय मोटर १६, विद्युतीय स्कुटर ४, ट्रक ६ र साइकल ३६ आयात भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।  

गत आवमा रसुवागढी नाकाबाट  साना– ठूला गरी ५६८ सवारी साधन स्वदेश भित्रिएका थिए । यस वर्षमा सवारी साधनको आयात भारी मात्राले बढ्ने सङ्केत देखिएको हो । कोभिड रोगको सङ्क्रमण बढेसँगै चिनियाँ सवारी साधन रसुवागढीको मितेरी पुलसम्म चिनियाँ सवारी चालकले ल्याउने गरेको र भन्सार जाँचपास भएपछि नेपाली चालकले आफ्नो गन्तव्यतर्फ लाने गरेको सो कार्यालयका प्रवक्ता नरेन्द्र चौधरीले बताए । 

चालु आवको साउनदेखि हालसम्म चीनबाट आयात भएका सामग्रीबाट नियमानुसारको शुल्कबापत कूल रु एक अर्ब ५९ लाख नौ हजार ४८ राजस्व असुली भएको छ । इन्टरनेट तथा विद्युत्को अवरोध भइरहँदा आयात भएका सामग्रीको जाँचपासका कठिन भएको छ ।

    

२ बर्ष अगाडि

प्रतिक्रिया