घट्यो आलुको मूल्य, भारतबाट वार्षिक ७० प्रतिशत भित्रिन्छ

२ बर्ष अगाडि

काठमाडौं - आलुको मूल्य घटेको छ । गत वर्ष दशैंको पूर्वसन्ध्यामा असोजको पहिलो हप्ता प्रतिकिलो ८१ रुपैयाँसम्म पुगेको आलुको मूल्य यसपालि असोज पहिलो साता प्रतिकिलो ५९ रुपैयाँमा झरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

नयाँ आलु उत्पादन हुन थालेपछि मूल्यमा गिरावट आएको हो । काभ्रे, दोलखा, सिन्धुपाल्चोकको मुडे र मकवानपुर, रामेछाप, पालुङलगायत क्षेत्रबाट नयाँ आलु आएपछि मूल्य सस्तिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिकले जनाएको छ । 

भारतबाट वार्षिक ७० प्रतिशत आलु नेपाल भित्रिन्छ । अघिल्लो वर्ष असोजको पहिलो सातामा ९१३ टन आलु कालिमाटी बजार भित्रिएको थियो भने यसपालि पहिलो साता ९१४ टन आलु भित्रिएको बजार विकास समितिले जनाएको छ । 

भारतबाट ५७६ टन आलु भित्रिएको छ भने नेपालका केही ठाउँबाट ३३८ टन भित्रिएको जनाइएको छ । यो भनेको भारतबाट ६३ प्रतिशत र नेपालबाट ३७ प्रतिशतमात्रै आलु बजारमा आइपुग्ने गरेको समितिले जनाएको छ ।  

कालिमाटीमा आजको भाउमा नेपाली रातो आलुको मूल्य प्रतिकिलो ५९ रुपैयाँ कायम भएको छ । त्यस्तै, भारतीय आलुको मूल्य प्रतिकिलो ३१ रुपैयाँ तोकिएको छ, मुडेको आलु प्रतिकिलो ४९ रुपैयाँ तोकिएको छ भने सेतो आलु ४१ रुपैयाँ ५० पैसा तोकिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया