निशुल्क हवाई टिकटसहित कतारमा २५५ कर्मचारी माग, मासिक तलब कति ?

२ बर्ष अगाडि

काठमाडौं, कतारको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । 

कतारको CONTRUCTION DEVELOPMENT COMPANY LLC कम्पनीले २५५ जना पुरुष नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित ३५ हजारदेखि ५४ हजार माथि पाउनेछन् । इच्छुक कामदारले आशा ईन्टरनेशनल प्रा.लि. कान्तिमार्ग महाराजगंज काठमाडौंमा असोज १४ गते अन्तरवार्ता दिनु पर्नेछ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया