इजरायल रोजगारी : सोमबार चिट्ठा मार्फत जान पाउने कामदारको फैसला हुँदै

२ बर्ष अगाडि

काठमाडौँ - इजरायलमा केयरगिभर कामका लागि जान भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षामा रहेकाहरूको अन्तिम परिणाम आउँदो सोमवार सार्वजनिक गरिने भएको छ । 

वैदेशिक रोजगार विभागबाट लिइएको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारका तर्फबाट छनोटको प्रतीक्षामा रहेकाहरूको प्रतीक्षाको समय सोमवार सकिने भएको हो ।

नेपाली समय अनुसार सोमवार दिउँसो साढे १२ बजे इजरायलको जेरुसेलममा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा लट्री (चिट्ठा) मार्फत श्रमिकको छनोट गरिनेछ । हाल भाषा परीक्षणमा उत्तीर्ण भएका १ हजार ६०० जनामध्येबाट १ हजार जना छनोट गरिने छ ।

इजरायलमा हुने लट्रीको नेपालस्थित इजरायली दूतावासको फेसबूक पेज ‘इजरायल इन नेपाल’मार्फत उम्मेदवारहरूले प्रत्यक्ष हेर्न सक्ने दूतावासले जानकारी दिएको छ ।

विभागले अन्तर्वार्ताबाट छनोट भएका १ हजार १२० महिला र ४८० जना पुरुष गरी १ हजार ६०० जनाको सूची गत १० गते नै नेपालस्थित इजरायली दूतावासमा पठाएको थियो ।

यसरी रोजगारीमा जानेहरूले १ वर्षको करार अवधिका लागि जाने भए पनि ५ वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् । इजरायल जान करीब १ लाख ६५ हजार ७०० रुपैयाँसम्म खर्च लाग्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया