कुवेत पुर्‍याउने योजनामा लगिएका दर्जनौं नेपाली युवती यूएईमा रोकिए

२ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारीका लागि भन्दै कुवेत पुर्‍याउने योजनामा लगिएका दर्जनौं नेपाली युवती खाडी क्षेत्रको अर्को मुलुक यूएईमा रोकिएका छन् । 

मानव तस्करहरुले महिलालाई घरेलु कामदारको हैसियतले कुवेतमा रोजगारी दिलाउने प्रलोभनमा यूएई पु¥याएका हुन् । खासगरी कुवेत पठाउने भन्दै  दुवई ल्याइएका महिलाहरु सेटिंग भत्किए पछि यहिं अलपत्र पर्न थालेका हुन् ।

खाडी मुलुकमा घरेलु काममा अत्यधिक शोषणा रहेको भन्दै संसदीय समितिको सिफारिसमा सरकारले २०७२ साल चैतदेखि प्रतिबन्ध लगाउँदै आएको छ । त्यसयता सरकारले  घरेलु कामको वर्गमा  जाने कामदारलाई श्रम स्वीकृति जारी गरेको छैन । 

तर, कुवेत लगायतका देशमा घरेलु कामदारको माग अत्यधिक बढेपछि मानव तस्करीमा सम्लग्न गिरोहले नेपाली महिला कामदारहरूलाई व्यक्तिगत श्रम स्वीकृति र भिजिट भिसामा अवैधानिक रूपमा तेस्रो मुलुक हुँदै यूएईका विभित्र शहरमा लैजाने गरेकोे बताइएको छ । 

हाल यूएईमा थुप्रिएका महिलाहरलाई पनि भिजिट भिसा र तेस्रो  मुलुकका विमानस्थल हुदै लगिएको बुझिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया