अमेरिकामा बेरोजगारी दर घट्यो, एक महिनामा पायो १ लाख ९४ हजारले रोजगारी

२ बर्ष अगाडि

एजेन्सी - कोरोना भाइरसले क्षति पुर्याएको अमेरिकामा पछिल्ला समयमा भने केही सकारात्मक अवस्था देखिएको छ । 

यहाँ पछिल्लो समयमा आर्थिक क्रियाकलापहरु चलायमान भएसँगै रोजगारीका अवसरहरु सिर्जना हुने र यसबाट बेरोजगारहरुको संख्या पनि घट्दै गएको देखिएको छ । 

अमेरिकामा गएको सेप्टेम्बर महिनामा कम्तीमा पनि १ लाख ९४ हजार रोजगारी सिर्जना भएको छ । प्राप्त समाचार अनुसार अमेरिकामा महामारीजन्य समस्याबाट उत्पन्न भएको बेरोजगारी दर विस्तारै घट्दै गएको देखिएको हो । 

यहाँ सेप्टेम्बर महिनाको मात्र हिसाब गर्दा १ लाख ९४ हजार रोजगारी सिर्जना भएको छ र यसबाट कम्तीका पनि ४।८ प्रतिशत बेरोजगारी दरमा कमी आएको छ । 

अमेरिकाको श्रम विभागले यहाँ विस्तारै बेरोजगारी दरहरु घट्दै गएको देखिएको हो । कोरोना भाइरसका कारणले उत्पन्न भएको समस्यामा यहाँ केही सुधार भएको देखिएको छ । 

पछिल्लो समय यहाँ खोपको सुनिश्चितासँगै कोरोना भाइरसको प्रकोप केही घटेको देखिएको र यसका कारण बजार खुलेको बताइएको छ । 

अगष्ट महिनामा ३ लाख ६६ हजार जना नयाँ रोजगारी पाएका थिए । त्यसैगरी जुलाई महिनामा यो संख्या करिब १० लाख रहेको यहाँको श्रम विभागले हालै प्रकाशन गरेको एक तथ्यांकमा देखाइएको छ ।  

उक्त तथ्यांकअनुसार यो वर्षको औसतमा हेर्दा मासिक रुपमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना भएका पाइएको छ । उक्त विभागले यहाँ मासिक रुपमा हेर्दा रोजगारी सिर्जना हुदै गएको र यहाँको श्रम बजारमा बेरोजगारी दर पनि घट्दै गएको देखिएको छ ।      
 

२ बर्ष अगाडि

प्रतिक्रिया