दशैं सकिएसँगै उकालो लाग्न थाल्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।   

सोमबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

सोमबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोलामा १०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया