अविरल बर्षा : कैलालीमा दुई अर्ब बढीको कृषिबालीमा क्षति, १६ करोड ८० लाख बजेट आवश्यक

२ बर्ष अगाडि

काठमाडौं - सोमबारदेखि आएको अविरल बर्षाका कारण कैलालीमा कृषिबालीमा मात्रै दुई अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । 

यस बर्ष कैलालीको ७० हजार हेक्टर जमीनमा धान खेती भएको थियो । तीन दिनसम्मको अविरल बर्षा र हावाहुरीका कारण त्यसमध्ये ३० प्रतिशत अर्थात २१ हजार हेक्टरमा लगाएको बाली नष्ट भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।  

कैलालीमा गत बर्ष ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा तीन लाख १५ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । केन्द्रका अनुसार कैलालीको दक्षिण पुर्वि क्षेत्रमा लगाएको धानवालीमा बढी क्षति भएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष कृषिबालीमा क्षेति भएको प्रति कठ्ठा दुई सय ६६ रुपैयाँ ६७ पैसाका दरले क्षेतिपूर्ति दिने निर्णय गरेको थियो । त्यसका आधारमा कैलालीका किसानलाई क्षेति पूर्ति दिने हो भने करिब १६ करोड ८० लाख बजेट आवश्यक पर्ने देख्निछ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया