फेरी बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

२ बर्ष अगाडि

काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।   

बुधबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार १ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया